Thursday, October 16, 2008

Abstract of Nirmala Mani Adhikary's M. Phil. Dissertation

SANCHARYOGA:

VERBAL COMMUNICATION AS A MEANS FOR ATTAINING MOKSHA

The present research examines whether the process of communication (Sanchar) can be accepted as yoga provided that the process of communication in general and the process of verbal communication in particular, as envisioned in Hindu perspective, qualifies as a means for the attainment of Moksha.

The general objective here is to study the verbal communication process as a means for attaining Moksha and examining it as Sancharyoga in the same sense as in Karmayoga, Jnanayoga and Bhaktiyoga. The specific objectives include describing the verbal communication process from Hindu point of view, and understanding how verbal communication leads human being to Moksha, and also examining whether Sanchar could be considered as a kind of yoga.

Hinduism has not only set Moksha as the highest of purushartha chatustaya (four goals of human life), it is believed to assure all humans of equal rights for the attainment. Since humans are of different natures Hinduism has incorporated different paths for Mumukshus (Moksha-seekers). Based on those different paths, a number of yogas have been introduced. For instance, Karmayoga, Jnanayoga and Bhaktiyoga are renowned modes for the pursuit of Moksha.

Sanchar, originally a Sanskrit word with number of meanings including the one equivalent to what is understood as the communication in modern sense, has been envisioned uniquely in Hindu perspective. The verbal communication process from Hindu perspective, as understood with the help of the Sadharanikaran model, qualifies not only as a process of perfect human communication in worldly setting but also as a means for attaining Moksha-in-life. Moksha is highest attainment of human; Moksha is not just a theoretical concept; and Moksha can be attained even during the life. The process of verbal communication qualifies as a means for attaining Moksha no matter how it is the Shabda Brahman or the Shabda pramana. In either case the Vak or Shabda verily is the Supreme Brahman. Thus Sancharshastra ultimately becomes a Mokshashastra and the discipline of communication a kind of vidya (true knowledge).The process of communication (Sanchar) can be accepted as a kind yoga provided the process results in the attainment of Moksha. As Hinduism has set Moksha as the highest of purushartha chatustaya (four goals of human life) and has introduced different paths, that is, different kinds of yoga, for the attainment of Moksha, the Sancharyoga is an added path in this tradition. Thus Sancharyoga is a kind of yoga wherein the suffix represents the same as in Karmayoga, Jnanayoga and Bhaktiyoga.

Also visit:
http://madanmaniadhikary.blogspot.com/2008/05/sancharyoga-verbal-communication-as.html

Tuesday, May 6, 2008

"हिन्दू अवधारणामा सञ्चार प्रक्रिया" (शोधपत्र)

निर्मलमणि अधिकारीद्वारा पूर्वाञ्चल विश्वविद्यालय अर्न्तर्गत आमसञ्चार र पत्रकारिता विषयको स्नातकोत्तर तह, दोस्रो वर्ष (चौथो सेमेस्टर) को शैक्षणिक प्रयोजनका लागि "हिन्दू अवधारणामा सञ्चार प्रक्रिया" शिर्षकमा शोधपत्र तयार पारिएको थियो ।

(क) सारांश -
प्रस्तुत शोधपत्रको पहिलो प्रकरण परिचयात्मक प्रकृतिको रहेको छ । यस प्रकरणका पाँच खण्डहरू रहेका छन्, जसमध्ये पहिलो खण्डमा केही पृष्ठभूमिगत चर्चाका साथै समस्या कथन प्रस्तुत गरिएको छ । नेपाली संस्कृतिको मूलआधार हिन्दूधर्म भएकाले सञ्चार प्रक्रियालाई नेपाली सन्दर्भमा बुझ्नकालागि पनि यस सम्बन्धी हिन्दू अवधारणा अध्ययन हुनु जरुरी छ । 'पश्चिमा संस्कृति' र 'हिन्दू संस्कृति' पृथक् पृथक् सांस्कृतिक-व्यक्तित्व भएकाले जीवन र जगत्का बारेमा हिन्दू अवधारणा र पश्चिमा अवधारणामा आधारभूत अन्तर छ । के त्यस्तो पृथक्ताको असर सञ्चार प्रक्रियाको सन्दर्भमा पनि परेको छ - के सञ्चार प्रक्रियाका दुई अवयवका रूपमा रहेका शाब्दिक सञ्चार र गैर-शाब्दिक सञ्चारलाई हिन्दू अवधारणाको छुट्टै स्वरूपमा अध्ययन गर्न सकिन्छ - ती कुन मानकमा पश्चिमा अवधारणा भन्दा पृथक् होलान् - के हिन्दू संस्कृतिको मुख्य विशेषताका रूपमा मानिने आध्यात्मिकतासँग सञ्चार प्रक्रियाको हिन्दू अवधारणा निरपेक्ष रहन सक्ला - के कुनै हिन्दू-सञ्चार-सिद्धान्तको निरूपण गर्न सकिन्छ - पश्चिमा विद्वानहरूका विभिन्न सिद्धान्तसँगै विभिन्न प्रकारका सञ्चार-ढाँचाहरू प्रस्तुत भएजस्तै हिन्दू-सञ्चार-सिद्धान्तलाई कुनै ढाँचामा प्रस्तुत गर्न सकिएला - पश्चिमा अवधारणासँग तुलना गर्दा हिन्दू अवधारणाका मौलिक विशेषता के हुन् त - यस्ता आधारभूत अवधारणात्मक सवालहरू नै यस शोधकार्यका प्रस्थान बिन्दु रहेका छन् ।

पहिलो प्रकरणको दोस्रो खण्डमा यस शोधको औचित्य, आवश्यकता तथा महत्व बारेमा स्पष्ट पार्ने प्रयास गरिएको छ । सञ्चार प्रक्रियालाई राम्ररी बुझ्न यसलाई र्सार्वजनीन स्तरमा मात्र होइन कि अन्तरसांस्कृतिक स्तरमा पनि हेर्नैपर्ने मान्यता स्थापित भइसकेको सन्दर्भमा हिन्दूसंस्कृति विश्वका अन्य संस्कृतिहरूको माझमा पृथक् पहिचान भएको संस्कृतिविशेष भएकाले सञ्चार प्रक्रियाको विशेष 'हिन्दू अवधारणा' खोज्नु औचित्यपूर्ण छ । सञ्चारको पश्चिमा अवधारणा भारतवर्षा जस्ताको तस्तै स्वीकार गर्न मिल्दैन । नेपाल लगायतका भारतवर्षीय मुलुकको सञ्चार परम्परालाई हिन्दुत्वको छत्रछायाँमा नै भेट्न सकिन्छ । आज संसारमा सञ्चारलाई आफ्ना-आफ्ना सन्दर्भमा व्याख्या, पुनर्व्याख्या वा परिभाषित गर्ने कार्य व्यापक रूपमा चलिसकेको परिवेशमा नेपालजस्तो सभ्यता र संस्कृतिमा सम्पन्न मुलुकमा यस खालका शोध नगरिनु बुद्धिमानी होइन । त्यसैले सञ्चारको हिन्दू अवधारणात्मक अध्ययन औचित्यपूर्ण साथै आवश्यक पनि छ । यसबाट हिन्दू-इतिहासको व्यापक कालखण्डलाई बुझ्ने दिशामा उल्लेख्य प्राप्ति हुने, सञ्चार सिद्धान्त साथै परम्परागत मिडियालाई समष्टिमा जान्न र सदुपयोग गर्न मद्दत मिल्ने, नयाँ पुस्ताका हिन्दूलाई हिन्दू-समाजमा सामाजिकीकरण गर्न प्रभावकारी उपायको अवलम्बनमा पनि यसबाट मद्दत पुग्ने जस्ता कारण दिँदै यसको महत्व दर्शाइएको छ । शोधपत्रको मूल विषय-वस्तुको औचित्य, आवश्यकता र महत्व बारेमा चर्चा गरेपछि यस विषयमा नेपालभित्रबाट यो नै पहिलो शोधपत्र भएको उल्लेख समेत यस खण्डमा गरिएको छ ।

पहिलो प्रकरणको तेस्रो खण्डमा यस शोधकार्यका साधारण र विशिष्ट उद्देश्य उल्लेख गरिएको छ । साधारण उद्देश्य गैर-शाब्दिक सञ्चार तथा शाब्दिक सञ्चारको हिन्दू अवधारणात्मक अध्ययन गर्ने, हिन्दू-सञ्चार-सिद्धान्त निरूपण गर्ने र सञ्चार प्रक्रियाको हिन्दू अवधारणालाई पश्चिमा अवधारणासँग सामान्य तुलनात्मक अध्ययन गर्ने रहेका छन् । विशिष्ट उद्देश्य दार्शनिक आधारका रूपमा 'मीमांसादर्शन' लिई भरतमुनिकृत 'नाट्यशास्त्र'लाई आधार मानी गैर-शाब्दिक सञ्चारको तथा भर्तृहरिकृत 'वाक्यपदीय'लाई आधार मानी शाब्दिक सञ्चारको हिन्दू अवधारणात्मक अध्ययन गर्ने र हिन्दू-सञ्चार-सिद्धान्तको रूपमा 'साधारणीकरण'को अध्ययन गरी हिन्दू अवधारणालाई पश्चिमा अवधारणासँग सामान्य तुलना गर्ने रहेका छन् ।

पहिलो प्रकरणको चौथो खण्डमा शोधकार्यका प्रमेय र सीमाङ्कन उल्लेख गरिएका छन् । प्रमेय अर्न्तर्गत 'सञ्चारको पश्चिमा अवधारणा' भन्नाले सुप्रसिद्ध ग्रीसेली दार्शनिक अरस्तुको वाक्कला -रेटोरिक) सम्बन्धी अवधारणाको परम्परामा रही बनेका सम्पूर्ण सञ्चार-ढाँचा एवं सञ्चार-सिद्धान्तलाई जनाइएको उल्लेख गर्दै हाल मूलधारमा रहेको पश्चिमा-सञ्चार-अवधारणा मूलतः अरस्तेली अवधारणाकै निरन्तरता हो भन्ने पनि मानिएको छ । हिन्दूत्वलाई धर्म, अर्थ, काम, मोक्ष सबै पुरूषार्थलाई समुचित महत्व दिने एवं आधिभौतिक, आधिदैविक, आध्यात्मिक तीनै तहको सुसंयोजन भएको मान्दै आध्यात्मिकता हिन्दू समाजको मूल-प्रवृत्ति र भौतिकता पश्चिमा समाजको मूल-प्रवृत्ति रहेको भन्ने प्रमेयलाई प्रस्तुत शोधपत्रले आधार मानेको छ । सीमाङ्कनमा समयगत, अध्ययनक्षेत्रगत तथा साधन-स्रोतजन्य सीमितताका चर्चा गरिनुका साथै उपयुक्त पुस्तकालय तथा यथेष्ट पूर्व-कार्यको अनुपलब्धताको गुनासो पनि पोखिएको छ ।

पहिलो प्रकरणको पाँचौं खण्डमा महत्वपूर्ण शब्दावलीका अर्थ तथा परिभाषा दिइएको छ । जसअर्न्तर्गत पहिले 'हिन्दू अवधारणा' र पछि 'सञ्चार प्रक्रिया' बारेमा चर्चा गरिएको छ । हिन्दू शब्द र यससँग सम्बद्ध विविध शब्दावलीका अनेक पक्षहरूको चर्चा गरिसकेपछि यस शोध प्रयोजनको निमित्त निम्नानुसारका तत्वहरूलाई हिन्दूत्वको आधार मानिएको छ-

- मूलमन्त्र
- वेद वा/तथा वैदिक परम्पराका मत वा शास्त्रमा आस्था
- निराकार वा/तथा साकार परम्सत्तामा अखण्ड विश्वास
- मूर्त वा अमूर्तको पूजा वा ध्यान
- कर्म अनुसारको फल मिल्दछ भन्नेमा विश्वास
- 'आत्मा' तथा 'पुनर्जन्म'मा विश्वास
- मानवजीवनको परम्लक्ष्यका रूपमा 'मोक्ष'
अन्त्यमा 'हिन्दूअवधारणा' को परिभाषा पनि यसै खण्डमा दिइएको छ ।

त्यसपछि सञ्चार बारेमा चर्चा गर्दै यस शोधप्रयोजनकालागि सञ्चार प्रक्रियाको औपचारिक परिभाषा निम्नानुसार दिइएको छ- "सञ्चार प्रक्रिया भन्नाले मानवका ती सबै वैयक्तिक वा सामाजिक-सांस्कृतिक क्रियाकलापलाई सम्झनु पर्दछ, जसमा कुनै सन्देश वा अर्थपूर्ण संकेतको सम्प्रेषणबाट प्रक्रियामा संलग्न सदस्यबीच साझेदारी वा समझदारीको सामान्य सम्बन्ध कायम हुन जान्छ ।" साथै सञ्चार प्रक्रियाका दुई अवयवका रूपमा शाब्दिक सञ्चार र गैर-शाब्दिक सञ्चारको उल्लेख पनि भएको छ । आधुनिक सञ्चार प्रक्रियाको ढाँचा पनि यसै खण्डमा प्रस्तुत गरिएको छ ।

प्रस्तुत शोधपत्रको दोस्रो प्रकरणमा पूर्व-कार्यहरूको सामान्य समीक्षा गर्ने क्रममा पहिले नेपालबाहिरबाट प्रकाशित सामग्रीको र त्यसपछि नेपालबाट प्रकाशित सामग्रीको चर्चा गरिएको छ । यस शोधकर्ताको अध्ययनबाट देखिएअनुसार सञ्चारको हिन्दू अवधारणा खोज्ने पहल सन् १९७१ मा सम्भवतः पहिलोपल्ट गरिएको उल्लेख गर्दै सन् १९८० यस क्रममा कोसेढुङ्गा मानिएको छ । हिन्दू-सञ्चार-सिद्धान्त विभिन्न लेख तथा कार्यपत्रको विषयवस्तु बनेको देखिएतापनि यस विषयमा शोधकार्य भएको भने नपाइएको र यस सन्दर्भमा लेखिएको सिङ्गो पुस्तक एउटै पनि नभेटिएको चर्चा पनि यस प्रकरणमा गरिएको छ । तत्पश्चात् सञ्चार प्रक्रियाको हिन्दू अवधारणात्मक अध्ययनमा पूर्ववर्ती अध्ययनहरूको तुलनामा प्रस्तुत शोधपत्रको थप योगदान बारेमा प्रष्ट्याउने प्रयास गरिएको छ ।

यस शोधकार्यको शोध-ढाँचाका बारेमा तेस्रो प्रकरणमा चर्चा गरिएको छ । सञ्चार शोध अर्न्तर्गत यो सन्देशअभिमुख शोध भएको चर्चा गर्दै सन्देशअभिमुख शोध अर्न्तर्गतपनि प्रलेखात्मक शोध र प्रलेखात्मक पक्षमा पनि यो शोधकार्य मूलतः पुस्तकालयीय/प्रलेखात्मक शोध भएको बताइएको छ । यस शोधकार्यमा 'जनसंख्या'का रूपमा सम्पूर्ण हिन्दूशास्त्रहरूलाई मान्दै तिनीहरूमध्येबाट प्रयोजनपरक नमूना छनोटमा नाट्यशास्त्र, वाक्यपदीय र मीमांसार्-दर्शनलाई चयन गरिएको छ । तथ्य-सङ्कलनको निमित्त यसमा द्वितियक स्रोतहरूको प्रयोग गरिएको चर्चा गर्दै पूर्व-प्रकाशित एवं पुस्तकालयमा उपलब्ध प्रलेख नै तथ्यका स्रोतका रूपमा रहेका पनि बताइएको छ । स्रोत-ग्रन्थको अध्ययन गरी तिनमा रहेका सम्बद्ध अंशहरूको टिपोट नै यस शोधकार्यको मुख्य तथ्य-सङ्कलन विधि रहेको छ भने तथ्यहरूको व्याख्यात्मक तथा तुलनात्मक चर्चाबाट तर्कसम्मत आधार स्थापना गर्नु नै यस शोधकार्यको विश्लेषण विधि रहेको छ । अन्त्यमा तथ्यहरूको विश्लेषणअनुरूप आगमनात्मक निष्कर्षा पुग्ने विधिलाई यस शोधपत्रले अंगीकार गरेको छ ।
चौथो प्रकरण प्रस्तुत शोधपत्रको मुख्य भागका रूपमा रहेको छ, जहाँ तथ्यहरूको प्रस्तुतिकरण र विश्लेषण गरिएको छ । यस प्रकरणको पहिलो खण्डमा सर्वप्रथम नमूना छनोटमा परेका शास्त्र -नाट्यशास्त्र, वाक्यपदीय र मीमांसार्-दर्शन) को सामान्य परिचयका साथमा तिनीहरूलाई छनोट गरिनुको कारण बारेमा चर्चा, दोस्रो खण्डमा गैर-शाब्दिक सञ्चारको तथा तेस्रो खण्डमा शाब्दिक सञ्चारको हिन्दू अवधारणात्मक अध्ययन गरिएको छ । हिन्दू-सञ्चार-सिद्धान्तको रूपमा 'साधारणीकरण'को निरूपण यसै प्रकरणको चौथो खण्डमा गरी त्यसको ढाँचा -साधारणीकरण ढाँचा) समेत दिइएको छ । अन्त्यमा चौथो प्रकरणकै पाँचौं खण्डमा सञ्चार प्रक्रियाको हिन्दू सिद्धान्तलाई पश्चिमा सिद्धान्तसँग तुलनात्मक अध्ययन गरिएको छ ।

(ख) निष्कर्ष -
गैर-शाब्दिक सञ्चारः

(क) शाब्दिक र गैर-शाब्दिक दुवै क्रियाहरूमा सूचना निहित रहेको हुन्छ भन्ने तथ्यमा प्राचीन कालदेखि नै हिन्दूहरू विज्ञ रहेको देखिन्छ ।

(ख) नाट्यशास्त्रमा अङ्गोपाङ्गका कर्महरू बारेमा गरिएको वर्ण्र्ााहिन्दू समाजमा लौकिक व्यवहारमा प्रयुक्त 'नन्र्-भर्बल कम्युनिकेसन' अर्थात् 'गैर-शाब्दिक सञ्चार'को शास्त्रीयरूप हो । नाट्यशास्त्रमा वणिर्त 'आङ्गकि' तथा 'आहार्य' अभिनयहरूले गैरशाब्दिक सञ्चारको स्वरूप प्रस्तुत गर्दछन् । शारीर चेष्टा, मुहारभाव तथा शरीर स्वयम्मा सञ्चारको माध्यम, यिनको एकदमै स्पष्टतः र विषद् वर्णन नाट्यशास्त्रमा पाइन्छ । कुनैपनि मानवका हरेक क्रियाहरू सञ्चारको व्यापक परिधि भित्र समेटिएका हुन्छन् र केही कुरा पनि सञ्चारविहीन हुँदैन भन्ने तथ्य हिन्दूहरूलाई प्राचीन कालदेखि नै ज्ञात रहेको देखिन्छ ।
(ग) हिन्दू अवधारणा अनुसार चक्षु, रसना, घ्राण, र्स्पर्शन -त्वक्), श्रोत्र -कर्ण्र्ाायी पाँचका अतिरिक्त मन समेत छओटा इन्द्रिय छन् ।

चक्षुलाई तैजसरूप मानिएको छभने यसले चाक्षुष -भिजुअल) सन्देश ग्रहण गर्दछ । रसनालाई जलीयरूप मानिएको छभने यसले रसात्मक -टेस्ट्) सन्देश ग्रहण गर्दछ । घ्राणलाई पार्थिवरूप मानिएको छभने यसले नस्य -ओल्फ्याक्टोरी) सन्देश ग्रहण गर्दछ । त्वक्लाई वायवीयरूप मानिएको छ भने यसले स्पृश्य -ट्याक्टाइल) सन्देश ग्रहण गर्दछ । कर्ण्र्ााई आकाशरूप मानिएको छभने यसले श्रव्य -अडिटरी) सन्देश ग्रहण गर्दछ । इन्द्रियहरूको कार्यमा मनलाई कार्य वहन गर्ने 'विभु'को रूपमा मानिएको छ । इन्द्रियहरूको साथमा बाह्य सर्म्पर्क गर्नमा मन माध्यमको रूपमा रहेको हुन्छ र त्यही माध्यम प्रयोग गरी आत्माले बाह्य जगत्को ज्ञान प्राप्त गर्दछ । आत्मा अनुभवकर्ता अथवा फलोपभोक्ता हो; शरीर अनुभवको स्थान हो; र इन्द्रियहरूचाहिं अनुभवका साधन हुन् ।

(घ) शारिरीक हावभाव जस्तो चेतन मनको नियन्त्रणभन्दा परै समेत घटित हुनसक्ने क्रियाकलापलाई पनि स्वेच्छाले सञ्चालन गरी अपेक्षित सन्देश दिन सकिने हिन्दू अवधारणा रहेको देखिन्छ । यो कुरा अचेतन वा अर्धचेतन मनद्वारा निर्देशित क्रियाकलापमाथि समेत नियन्त्रण गर्न सक्षम 'आत्मा'को शासनमा इन्द्रियलाई राख्नुपर्ने हिन्दू मत अनुकुल रहेको छ ।

(घ) हिन्दू संस्कृतिमा रहेको आध्यात्मिक चेतनाको प्रभाव गैर-शाब्दिक सञ्चारको हिन्दू अवधारणामा पनि परेको छ । तर यो भौतिक जगत्बाट निरपेक्ष भने रहेको छैन । वास्तवमा भौतिक एवम् आध्यात्मिक दुवै सत्यको सुसंयोजन गर्ने हिन्दूत्वको विशेषताको प्रत्यक्ष प्रभाव गैर-शाब्दिक हिन्दू-सञ्चार-अवधारणाका सन्दर्भमा पनि परेको छ ।

शाब्दिक सञ्चारः

(क) हिन्दूसंस्कृतिमा शब्दको महिमा खुब गाइएको छ । प्राचीन हिन्दूहरू शब्दको दुवै स्वरूप -लेखात्मक र भाषात्मक) बारेमा विज्ञ थिए । भाषिक प्रतीक आफ्नो मूल प्रकृतिमा ध्वनिपरक हुन्छ भन्ने आधुनिक भाषाविज्ञानको मान्यता अनुकूल प्राचीन कालदेखिनै हिन्दू अवधारणामा शब्दलाई 'श्रोत्रेन्द्रियग्राह्य' मानिएको पाइन्छ ।

(ख) विभिन्न साक्ष्यहरूबाट 'वैदिक' कालमा लेखन-कलाको प्रशस्त प्रचार रहेको देखिन्छ ।

(ग) हिन्दू परम्परामा भाषाका चार रूप मानिएका छन्( परा, पश्यन्ती, मध्यमा र वैखरी । पहिलेका तीन अवस्थाका शब्द गुप्त अव्यक्त छन्, चौथो अवस्थाको व्यक्तशब्दलाई नै मनुष्यहरूको बोलीले प्रकाश गर्दछ भनी वेदवाक्यले निरूपण गरेको छ । वाक्यपदीयमा त्यही वैदिक मत प्रतिबिम्बित भएको छ । वैखरी शब्दको बाह्य र खुट्ट्याउन सकिने रूप अवस्था हो, जहाँ वाक्लाई वक्ताले उच्चारण गर्दछ र श्रोताले श्रवण गर्दछ । प्राण अथवा श्वासले वागेन्द्रिय तथा श्रवणेन्द्रियलाई ध्वनिको क्रमबद्ध उत्पादन तथा ग्रहण गर्न सक्षम तुल्याउँछ । प्राण अथवा श्वास नै वैखरी वाक्को कारण हो । यसभन्दा आन्तरिक तहमा जाँदा मध्यमा वाक् चाहिं मुख्यतया बुद्धिसँग सम्बद्ध छ । कुनै कुरा बोलिनुअघि वक्ताले दिमागमा सोचेको कुरा वा कुनै कुरा सुनिसकेपछि श्रोताले आफ्नो मनमा मनन गरेको कुरालाई मध्यमा वाक्को उदाहरणका रूपमा लिन सकिन्छ । यस अवस्थामा शब्द र अर्थको सम्बन्ध व्यक्तिलाई ज्ञात भइसकेको हुन्छ तापनि तिनको पृथक् पृथक् अस्तित्व पनि रहेकै हुन्छ । अझ आभ्यन्तरिक तहको पश्यन्ती अवस्थामा चाहिं शब्द र अर्थको पृथक् पृथक् अस्तित्व हुँदैन; यी दुई एकाकार भइसकेका हुन्छन् । यो तह अन्तर्ज्ञर्ााो हो र यहाँ अनुभूतिले नै ज्ञान हुन्छ । योभन्दा परको 'परा' अवस्थामा नपुगी 'शब्दब्रह्म' साक्षात्कार हुँदैन भन्ने वैदिक मत रहेको छ ।

(घ) जीवन र जगत्को अन्तिम लक्ष्य ब्रह्म नै हो भन्ने सिद्धान्तको प्रतिपादन वैयाकरणको दृष्टिबाट वाक्यपदीयमा भएको छ र यो आस्तिक हिन्दू दर्शनहरूसँग मतैक्यता राख्ने दृष्टिकोण हो ।
(ङ) आधुनिक विद्वान भाषाको दुई रूप लांग र परोल अर्थात् मध्यमा र वैखरीमै रोकिए, भारतवषर्ीय मनीषी दुई तह अझ अघि बढेका छन्, परा र पश्यन्तीसम्म । पश्चिमा दर्शन मूलतः भौतिकवादी भएकाले बढी भन्दा बढी यसमा मानसिक तह (अर्धचेतन तथा अवचेतन मन) सम्ममात्र यसको दृष्टि पुगेको छ । हिन्दू धारणामा भौतिक स्वरूपलाईमात्र सम्पूर्णा नमानी त्यसभित्रको परमतत्वलाई पनि चिन्ने प्रयास गरिने प्रवृत्ति अनुरूप भौतिक र मानसिक तहलाई समेट्दै अझ उच्चतम् तह अर्थात् आध्यात्मिकतासम्म पुगेको देखिन्छ । हिन्दू संस्कृतिमा रहेको आध्यात्मिक चेतनाको प्रभाव शाब्दिक सञ्चारको हिन्दू अवधारणामा प्रत्यक्षतः एवम् निर्ण्ाायक तवरले परेको छ । तर यो भौतिक जगत्बाट निरपेक्ष भने रहेको छैन । जहाँ पश्चिमा अवधारणा भौतिक सत्यप्रतिको अत्यधिक आग्रहले एकाङ्गी बनेको छ; शाब्दिक हिन्दू-सञ्चार-अवधारणाको निर्माण भौतिक एवम् आध्यात्मिक दुवै सत्यको सुसंयोजन भएर नै भएको छ ।

हिन्दू-सञ्चार-सिद्धान्तः

(क) भारतवर्षीय- वा हिन्दू-सञ्चार-सिद्धान्तको विकास प्राचीनकालमा कहिले भयो भन्ने तथ्य अस्पष्ट छ । हिन्दू-सञ्चार-सिद्धान्तका रूपमा निरूपित 'साधारणीकरण'को निमित्त दशौं शताब्दीका काव्याशास्त्राचार्य भट्टनायकलाई जस दिने मूल प्रवृत्तिका साथै सिद्धान्तलाई वैदिककालसम्म नै तन्काउने प्रयत्न पनि भएका छन् ।

(ख) भट्टनायकले मानव-मानव बीचमा सन्देशको आदान-प्रदानको मुख्य उद्देश्य आपसमा भावको साझेदारी वा साझा अनुभूति नै हो भन्ने मानेर त्यस प्रक्रियालाई 'साधारणीकरण'को रूपमा व्याख्या गरेका हुन् । पश्चिमा सन्दर्भमा 'कम्युनिकेसन' शब्दको व्युत्पत्ति हर्ेदा कम्युनिकेसन -सञ्चार) भनेको कुनै कुराको साझेदारी गर्ने प्रक्रिया हो भन्ने बुझिन्छ । तर्सथ पश्चिममा कम्युनिकेसन भनेर र पूर्वमा साधारणीकरण भनेर एकै प्रक्रियालाई बुझाउन खोजिएको देखिन्छ ।

(ग) साधारणीकरणका निम्नानुसारका तत्वहरू रहेका छन्- सहृदय (प्रेषक र प्रापक), भाव, अभिव्यञ्जन, सन्देश, सरणि, रसास्वादन, सम्भाव्य दोष, सन्दर्भ, प्रतिक्रिया ।

(घ) भारतवर्षीय काव्यशास्त्रको आधारमा निरूपित सिद्धान्त पनि हिन्दू अवधारणाका आधारभूत विशेषताबाट निरपेक्ष छैन । जसरी हिन्दूत्वले आधिभौतिक, आधिदैविक एवं आध्यात्मिक सबै तहलाई समेट्दछ, उसरी नै साधारणीकरणको क्षेत्र पनि विस्तृत रहेको छ ।

(ङ) जटिल प्रक्रियाको सरल परिणति हुनु नै साधारणीकरणको विशेषता हो ।
तुलनात्मक अध्ययनः

(क) इश्वरलाई अतिशय प्रेम गर्ने हुनाले एक आदर्श हिन्दू सारा जगत्लाईर् इश्वरकै अभिव्यक्तिको रूपमा प्रेम गर्दछ । तर्सथ हिन्दू जीवनपद्धतिमा मानवका अलावा मानवेतर सम्पूर्णा प्रकृतिप्रति समेत प्रेमपूर्ण दृष्टिकोण छ र त्यसको प्रभाव सञ्चार व्यवहारमा समेत परेको छ ।
(ख) हिन्दू अवधारणात्मक सञ्चार प्रक्रिया चक्रवत् रहेको छ, जहाँ पश्चिमा अवधारणामा त्यसलाई रेखीय मानिएको छ ।

(ग) अरस्तेली ढाँचामा सञ्चार प्रक्रियाको उद्देश्य नै प्रापकलाई प्रेषकले अभ्रि्रेरित गर्नु रहेकाले पश्चिमा अवधारणामा प्रेषकलाई महत्व दिइएको स्वतः स्पष्ट छ । यता हिन्दू पर्रि्रेक्षमा प्रेषक-प्राधान्यता वा प्रापक-केन्द्रियता परिस्थितिजन्य अवस्थामात्र हुन् । यस्तो पृष्ठभूमिमा एउटालाई मात्र प्रमुखता दिनु वस्तुनिष्ठ हुनेछैन । तर्सथ लौकिक वा भौतिक जगत्को सन्दर्भमा भन्ने हो भने पूर्वमा सम्बद्धता र अन्तरनिर्भरतालाई महत्व दिइन्छ भने साधारणीकरणलाई आध्यात्मिक सन्दर्भमा समेत हर्ेदा ब्रह्म र जीवात्माबीचको साधारणीकरणलाई 'अन्तरनिर्भर' भन्नु उपयुक्त हुनेछैन । लौकिक वा भौतिकदेखि आध्यात्मिकसम्म सबै सन्दर्भलाई प्रतिनिधित्व गर्ने गरी भन्ने हो भने सहभागीहरूको आपसी सम्बन्धलाई बुझाउने प्राविधिक संज्ञा 'सहृदय' नै भन्नुपर्ने हुन्छ ।

हिन्दू अवधारणात्मक सञ्चारमा सम्बन्ध स्वयम्लाई महत्व दिने वा सम्बन्धको हेतुलाई ख्याल राख्ने भन्ने कुरा परिस्थिति-सापेक्ष हुनजान्छ । हिन्दूहरूले आवश्यकता अनुरूप सम्बन्ध वा सम्बन्धको हेतुमध्ये कुनै एक वा दुवैको सुसंयोजनलाई महत्व दिने गर्दछन् । तर्सथ हिन्दू अवधारणा पूर्णाङ्गी छभने उता पश्चिमा अवधारणामा चाहिं सम्बन्धको हेतुलाई मात्र ख्याल राखिने भएकाले त्यो एकाङ्गी छ ।

(घ) लौकिक वा भौतिक सन्दर्भमा हिन्दू अवधारणात्मक सञ्चार प्रक्रियाको उद्देश्य यसको आदर्शस्थितिमा भावहरूको साझेदारी, पारस्परिक समझदारी, सहमति एवं सामुहिक क्रियान्विति हो । साधारणीकरणको आदर्श उद्देश्य सहृदयहरूबीचमा साझेदारी, समभाव वा ऐक्यता हासिल गर्नु हो । उच्चतर रूपमा यसको उद्देश्य आत्मज्ञान पाई मोक्षको परम लक्ष्य हासिल गर्नु नै हो । उता पश्चिमा अवधारणामा सञ्चारको उद्देश्य उद्देश्य अभ्रि्रेरणा वा प्रापकलाई प्रेषकले अभ्रि्रेरित गर्नु रहेको छ ।

पश्चिमा संस्कृतिमा झैं इहलौकिक प्राप्तिमा मात्र कुनैपनि आदर्श हिन्दूले सन्तोष मान्दैन; तर हिन्दू दर्शनलाई भौतिक वा लौकिक जीवनप्रति अनिच्छुक र पारलौकिक वा आध्यात्मिक जीवनप्रति मात्र आकषिर्त रहेको ठान्नु चाहिं अर्को अपाङ्ग सोच हो । धर्म, अर्थ र कामलाई सदुपयोग गरी मोक्षसम्म पुग्नु हिन्दूत्वको अभीष्ट हो । यो कुरा अवश्यै होकि यदि अर्थ र काम धर्म-प्रतिकूल भएमा त्यसलाई त्याग्न तत्पर रहनुपर्दछ । संक्षेपमा भन्नुपर्दा धर्म, अर्थ, काम, मोक्ष अर्थात् पुरुषार्थ-चतुष्टयको प्राप्ति नै एक आदर्श हिन्दूको जीवन-उद्देश्य हो । त्यसैले सञ्चार क्रियाकलापलाई यी सबै सन्दर्भमा नहेरी हिन्दू अवधारणाको पूर्ण स्वरूप प्राप्त हुँदैन ।

(ङ) हिन्दू अवधारणात्मक सञ्चारलाई 'सन्दर्भ-सापेक्ष' मान्नुपर्ने हुन्छ, जबकि अरस्तेली सञ्चार-अवधारणामा 'सन्दर्भ-निरपेक्ष' रहेको छ ।

(च) सामाजिक व्यवहारमा हिन्दू संस्कृति समष्टि-प्रधान रहेको छभने आध्यात्मिक प्रयोजनमा यो सदैव व्यष्टि-केन्द्रित रहेर चिन्तन गर्दछ । यसरी वैयक्तिकता र सामुहिकताको समन्वित रूप नै हिन्दूत्वमा रहेको हुन्छ । तर्सथ व्यष्टि र समष्टि दुवैको सुसंयोजन हिन्दू अवधारणाको विशेषता हो । उता पश्चिमा सिद्धान्त व्यष्टि-प्रधान वा व्यक्तिवादी रहेको छ ।

(छ) हिन्दू अवधारणामा सञ्चारको आभ्यन्तरिक पक्ष -अन्तर्ज्ञान लाई जोड दिइएको छ भने पश्चिमा अवधारणामा बाह्य पक्ष -इन्द्रियजन्य ज्ञान) लाई जोड दिइएको छ । जसको फलस्वरूप भारतवर्षा अन्तरनिहित वा आन्तरिक सञ्चार तथा पश्चिममा आमसञ्चारलाई जोड दिइएको पाइन्छ । प्रायः सबै आमसञ्चारका प्रविधि पश्चिममै आविष्कार गरिनु र अर्कोतर्फअन्तर्ज्ञनको साधन अर्थात् 'योग'को विकास चाहिं भारतवर्षा जति भयो, त्यो तहसम्म पश्चिम कहिल्यै नपुग्नुको कारण पनि यही हो ।

Visit all these sites:
http://adhikary.wordpress.com/

http://nirmalamani.blogspot.com/

http://maharshidhaumya.blogspot.com/

http://sadharanikarantheory.com/

http://nirmalam.blogsome.com/

These are Nirmala Mani Adhikary's sites.